Advertisement
SKIP THIS
आज:  | Sun, 17, Oct, 2021
FLASH NEWS

सवारी दुर्घटनामा झापामा मात्रै ७४ जनाको मृत्यु


समृद्ध अनलाईन ३ बैशाख २०७८, शुक्रबार ०७:४४ मा प्रकाशित ( महिना अघि) २२३२२ पाठक संख्या

अर्जुनधारा, बैशाख ३ गते । चालु आथिक वर्ष ०७७/०७८ मा सवारी दुर्घटनामा झापामा मात्रै ७४ जनाको मृत्यु भएको छ । आर्थिक वर्षको सुरुको महिना देखी हाल सम्म पाँच सय १० वटा दुर्घटनामा परि ७४ जनाको मृत्यु भएको हो ।
आर्थिक वर्षको पछिल्लो नौ महिनामा पाँच सय १० वटा दुर्घटनामा ७४ जनाले ज्यान गुमाएका छन् भने पुुष महिनामा एक सय एकवटा सवारी दुर्घटनामा १७ जनाले र माघ महिनामा भएका ९२ वटा दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएका छन् । पुस र माघ महिनामा सबैभन्दा बढी दुर्घटनामा भएको प्रहरीको तथ्याङ्क रहेको छ । दुर्घटना बढी भए संगै ज्यान गुमाउनेको संख्या पनि पुस र माघमा बढी रहेको छ । पुस र माघ महिनामा मात्रै ३३ जनाले ज्यान गुमाएका छन् । यि दुइ महिनामा बाक्लो हुस्सुका कारण अधिक दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जबेगूले जानकारी दिए ।
प्रहरीको तथ्याङ्क अनुसार दुर्घटनामा परी मृत्यु हुने मध्ये सबैभन्दा धेरै पुरुष रहेका छन् । पछिल्लो नौ महिनामा ६० जना पुरुषले दुर्घटनामा ज्यान गुमाएका छन् भने नौ महिला र पाँच बालकले ज्यान गुमाएको प्रहरी तथ्याङ्क रहेको छ ।
कुन महिनामा कतिजनाको मृत्यु ?
जिल्लाको विभिन्न स्थानमा साउनमा भएका २४ वटा दुर्घटनामा तीन पुरुष, भदौमा २३ वटा दुर्घटना, असोजमा १५ दुर्घटनामा एक महिला, एक पुरुष, कात्तिकमा ३३ वटा दुर्घटनामा पाँच पुरुष, मंसीरमा ४७ वटा दुर्घटनामा नौ पुरुष र दुई बालकसहित ११ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्याङ्क रहेको छ ।
त्यस्तै पुसमा १२ पुरुषसहित तीन महिला र दुई बालकले एक सय एउटा दुर्घटनामा परी ज्यान गुमाए । माघमा भएका ९२ वटा दुर्घटनामध्ये १३ पुरुष, दुई महिला र एक बालकले ज्यान गुमाएका छन् । फागुनमा ९२ वटै दुर्घटनामा नौ पुरुष र एक महिला गरी दश जनाले ज्यान गुमाए भने चैतमा २३ वटा दुर्घटना हुँदा ८ पुरुष र दुई महिलासहित दश जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा झापाको तथ्याङ्कमा उल्लेख छ ।
राजश्व कति?
ट्राफिक प्रहरीले पछिल्लो नौ महिनाको अवधिमा सवारी नियम उल्लंघन गर्ने ३६ हजार बढी सबारी साधनलाइ कारवाहि गरेको छ । सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कार्वाही गर्दै ट्राफिक प्रहरीले तीन करोड ४५ लाख ५ सय रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।