Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

प्रायुस र स्मारिका ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन – २ घोषित


समृद्ध अनलाईन ५ बैशाख २०७८, आईतवार ०९:३३ मा प्रकाशित ( महिना अघि) १०८०८ पाठक संख्या

अर्जुनधारा, वैशाख ५ गते । प्रायुस पौड्याल र स्मारिका सुनुवारले यस वर्षको ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन – २ को ताज हात पारेका छन् । स्काई क्रिएटर इन्टरनेशनल प्रा.लिले आयोजना गरेको प्रतियोगितामा पौड्याल र सुनुवारले मिस्टर एण्ड मिस प्रोभिन्स वान’को ताज हात पारेका हुन् ।
शनिवार राति अवेर सम्पन्न फाइनल प्रातियोगितामा आफ्ना नौ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनीहरु मिस्टर एण्ड मिस प्रोभिन्स वान’ घोषित भएका थिए । यो संगै उनीहरुले ट्रफी, मेडल , प्रमाणपत्र सहित नगद ५० – ५० हजार रुपैयाँ हात पारेका छन् ।
त्यस्तै प्रतियोगितामा फष्ट रनरअप अभिशेक राजवंशी र सेकेण्ड रनरअप प्रकृति अर्याल घोषित भएका थिए भने प्रतिमा खतिवडा अर्गनाइजर च्वाइज घोषित भएकी थिइन् । प्रातियोगिताका विजयीले काठमाडौंस्थित इम्पेरियल विजनेश कलेजमा वीवीए र वीएचएम अध्ययनका लागि छात्रवृत्ति समेत पाउने छन् ।
प्रालिले गतवर्षदेखि प्रातियोगिताको आयोजना गर्दै आएको प्रालिका कार्यकारी अधिकृत सन्दीप राजवंशीले जानकारी दिए । १५ देखि २२ वर्ष उमेर समूहका प्रदेश १ भरिका १९ जना प्रतिष्पर्धीले प्रातियोगितामा भाग लिएका थिए । जसमध्ये फाइनल राउण्डमा ९ प्रातिष्पर्धी पुग्न सफल भएको कार्यकारी अधिकृत राजवंशीले बताए ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको प्रमुख आथित्यमा भएो कार्यक्रममा गिरीले युवामा रहेको अन्तरनिहीत प्रतिभा छनौटका लागि स्काई क्रिएटर इन्टरनेशनल प्रालिले आयोजना गरेको प्रतियोगिताको प्रशंसा गरेका थिए ।
प्रतियोगितामा गोविन्द भारती, रामचन्द्र गौतम र अलिषा अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।