आज:  | Thu, 13, May, 2021
FLASH NEWS

प्रदेश १ को सभाको हिउँदे अधिवेशन अन्त्य


समृद्ध अनलाईन ५ बैशाख २०७८, आईतवार १३:३० मा प्रकाशित ( हफ्ता अघि) ५९६० पाठक संख्या

विराटनगर, बैशाख ५ गते । प्रदेश १ को सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । माघ ७ गते शुरू भएको प्रदेशसभाको सातौं अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा  प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै आइतबार रातको १२ बजेबाट सातौँ हिँउदे अधिवेदशन अन्त्य हुने जनाएको हो।

प्रदेश १ मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार १२ बजेदेखि प्रदेश सभाको सातौँ तथा चालू हिँउदे अधिवेशन अन्त्य भएको विज्ञप्तिमा उल्लेख छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेको लागि बोलाइएको थियो । सरकार गिराउने र पछिल्लो समय विपक्षी दलहरूले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरू सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग गर्दै पछिल्ला बैठक अवरुद्ध गरिरहेका थिए ।

प्रदेश सरकारले कृषि अनुदानसम्बन्धि एउटा विधेयक प्रदेशसभा सचिवालयमा लगे पनि प्रदेशसभामा त्यसले प्रवेश नपाई एउटै विधेयकमा छलफल नगरी अधिवेशनको अन्त्य भएको छ ।