आज:  | Thu, 13, May, 2021
FLASH NEWS

बुद्धशान्तिको बाख्रा फार्ममा आगलागी हुँदा लाखौंको क्षति


समृद्ध अनलाईन ५ बैशाख २०७८, आईतवार १४:१० मा प्रकाशित ( हफ्ता अघि) १०१०१ पाठक संख्या

बुद्धशान्ति, बैशाख ५ गते। बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीको बाख्रा फार्ममा आगलागी हुँदा लाखौंको क्षति भमएको छ । ज्योति बिमलीले सञ्चालन गरेको फार्ममा शनिबार राति करिब साढे १२ बजे आगलागी भएको हो ।
आगलागिबाट ४० वटा खसीबाख्रा जलेर मरेका छन् । बोयर जातका खसीबाख्रा‚ दाना जल्दा करिब ६० लाख रूपैयाँ क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए । विर्तामोड र भद्रपुर नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा दुई घण्टामा आगो नियन्त्रण भएको थियो । इँटा, काठ र छिनको छानोले बाख्राफार्म निर्माण भएको थियो । आगलागीमा परी फार्म र त्यहाँ भण्डारण गरिएको दानाको ठूलो मात्रा जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ।

घटनास्थल बुधवारे बजारबाट चार किलोमिटर उत्तर गाउँमा रहेको छ । आगलागीको कारण र घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।