आज:  | Thu, 13, May, 2021
FLASH NEWS

डाँका मुद्दाका फरार ५ प्रतिबादी सहित ७ जना पक्राउ


समृद्ध अनलाईन ५ बैशाख २०७८, आईतवार १८:४० मा प्रकाशित ( हफ्ता अघि) २२२३ पाठक संख्या

बिराटनगर, बैशाख ५ गते । डाँका मुद्दाका फरार ५ प्रतिबादी पक्राउ परेका छन् । गत फागुन ६ गते सुनसरी बर्जु(१ का शुभाष चौधरीको घरमा डाँका गरी फरार रहेका ५ जना प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरी बर्जु-१ की ३६ बर्षीया सृजना चौधरी, ईटहरी-१३ का ३२ बर्षीय नमाजुद्दिन आलम, सुनसरी छातावेलीका २८ बर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगाका ३० बर्षीय अजिम मिया र सुनसरी दुहबी-११ का ३० बर्षीय सर्वन उराव रहेका छन । यो समुहले मिति २०७७ साल फागुन ६ गते सुनसरी बर्जु-१ का शुभाष चौधरीको घरमा मध्यरातमा प्रवेश गरी उनको परिवारलाइ कुटपिट गरी घरमा रहेको नगद ५४ हजार समेत डाँका गरी लगेको खुलेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । पक्राउ परेकी मध्ये सृजना चौधरी मुख्य योजनाकार रहेको साथै उनले रिषिवी साध्ने सोच बनाई यो समुहलाई शुभाष चौधरीको घरमा आर्थिक प्रलोभन देखाई डाँका गर्न लगाएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट मिस फायर भएको 7.65KF  लेखिएको १ राउण्ड गोली लगायतका सामनहरु बरामद भएको र पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै गरि मिक्लाजुङ गाउपालिका ३ सुन्दरीचोक का ५१ बर्षीय सुरेन्द्र गड्तौला र सुनसरीको धरान १५ का ३३ बर्षीय मनि प्रसाद लिम्बुलाई प्रतिबन्धित औषधी सहित प्रहरीले पक्राउ गरेको छ ।
गड्तौलालाई आईतबार दिउसो ३ बजे उर्लाबारी ४ आईतबारे बजारमा प्रहरीले चेकजाँचको क्रममा प्रतिबन्धित औषधी Tramadol २०० चक्की र  DE colic  २०० चक्की सहित पक्राउ गरेको हो  ।

त्यस्तैलिम्बुलाई आफ्नै घरमा लुकाई छिपाई राखेको लागूऔषध DILEX –DC  -२२ बोतल, NITROSUN-R – ६७ ट्याबलेट र गाँजा २०० ग्राम सहित पक्राउ गररेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।