आज:  | Thu, 13, May, 2021
FLASH NEWS

उदयपुरको घुर्मी–कटारी सडक बन्द, यात्रु अलपत्र


समृद्ध अनलाईन ६ बैशाख २०७८, सोमबार ०९:३० मा प्रकाशित ( हफ्ता अघि) १०३०३ पाठक संख्या

 

उदयपुर, बैशाख ६ गते । सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको घुर्मी–कटारी सडकखण्ड सोमबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । सडक स्तरोन्नतिको माग गर्दै उदयपुरका स्थानीयल अनिश्चितकालिन बन्द गरेका हुन् ।
सडक बन्दका कारण ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुबाट बिराटनगर तथा अन्य स्थानका लागि छुटेका सवारीसाधनहरू कटारीको उत्तरपश्चिमी बजार घुर्मी, ताप्ली, लिम्चुङ्बुङ गाउँपालिकाबाट आएका सवारीहरू कटारी–११ को बेतेनी र कटारीबजारबाट गएका सवारीसाधनहरुलाई कटारी–८ को पट्नाभञ्ज्याङमा रोकिएका छन् । सवारीसाधन रोकिएपछि यात्रुहरू अलपत्र परेका छन् । घुर्मी– कटारी सडकखण्ड स्तरोन्नति संघर्ष समितिले समितिका संयोजक तथा कटारी नगरपालिका–११ का वडाध्यक्ष दीपक बुढाथोकीले घुर्मी–कटारी सडकखण्डको घुर्मी, वेतेनी र पट्नाभञ्ज्याङमा स्थानीयले बन्द गरेको बताए ।


संघर्ष समितिले यसअघि सडकखण्ड स्तरोन्नति तत्काल गर्न सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रको सुनुवाइ नभएपछि सडक बन्द गरिएको समितिले बताएको छ। बन्दमा एम्बुलेन्स भने चल्न दिन बताइएको छ। कटारी नगरपालिकाको वडा नम्वर ८, ९, १०, ११, १३ र १४ मा पर्ने सिद्धिचरण राजमार्गको कटारी नगरपालिका क्षेत्रमा पर्ने कटारीदेखि घुर्मीसम्म ४६ किलोमिटर सडक जीर्ण बनेको छ । यस सडकखण्डमा वषौँअघि गरिएको ओटासिल भत्किएको अढाई दशक बितिसक्दा पनि स्तरोन्नति नहुँदा स्थानीय र यात्रुहरुले चरम सास्ती भोग्नु परेको छ । यात्रु र स्थानीयहरू वर्षा याममा हिलो र हिउँदमा धुलो आजित हुँदै आएका छन् ।