आज:  | Thu, 13, May, 2021
FLASH NEWS

काठमाडौं सहित १४ जिल्लाका सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय


समृद्ध अनलाईन ६ बैशाख २०७८, सोमबार ११:३४ मा प्रकाशित ( हफ्ता अघि) ९५९६ पाठक संख्या

अर्जुनधारा, बैशाख ६ गते । सरकारले कोरोनाबाट बढी प्रभावित १४ जिल्लाका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ। अति प्रभावित जिल्लाहरुमा विद्यालय बन्द गर्ने घोषण गरेको हो ।
आज बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले वैशाखभर काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ जिल्लाका सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय लिएको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

यस्तै, मापदण्ड अपनाएर मात्र सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने र रात्रिकालीन व्यवसाय, सिनेमाघर, पार्टीप्यालेस, जीमखाना, रङ्‌गशाला लगायत पनि वैशाखभर बन्द राख्ने निर्णय गरिएको छ । बैठकले संसद्‌को चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस समेत गरेको छ।