आज:  | Thu, 13, May, 2021
FLASH NEWS

तेह्रथुममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


समृद्ध अनलाईन ६ बैशाख २०७८, सोमबार १३:३९ मा प्रकाशित ( हफ्ता अघि) १८१९ पाठक संख्या

तेह्रथुम, बैशाख ६ गत । तेह्रथुममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । म्याङलुङदेखि मोराहाङतर्फ जादै गरेको को १ ज ३४०९ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

जिप लाप्छायाङ टोलमा आइतबार राति साढे ९ बजे दुर्घटना भएको थियो। दुर्घटनामा चालक मेन्छ्यायेम गाउँपालिका–५ का अन्दाजी ४६ वर्षीय कृष्ण खापुङको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप आफैं अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

सो दुर्घटनामा परी घाइते भएका कृष्णको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राति करिब १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। जिपमा उनी मात्रे रहेको बताइएको छ।