आज:  | Thu, 13, May, 2021
FLASH NEWS

दुर्घटना भएको एम्बुलेन्समा गाँजा र रक्सी!


समृद्ध अनलाईन ६ बैशाख २०७८, सोमबार १७:३० मा प्रकाशित ( हफ्ता अघि) १२०२० पाठक संख्या

धनकुटा, बैशाख ६ गते । धनकुटाको हिलेबाट विराटनगर तर्फगए को१च ४६१५ नम्बरको एम्बुलेन्सबाट दुर्घटना भएको एम्बुलेन्समा गाँजा र रक्सी बरामद भएको छ । धनकुटा नगरपालिका ४ देब्रेबासमा दुर्घटना भएको उक्त एम्वुलेन्समा गाँजा र रक्सी बरामद भएको हो।

विराटनगरबाट धनकुटाको हिलेमा सुत्केरी महिला पुर्‍याएर विराटनगर फर्कदै गरेको विराटनगर सिटी प्रालि अस्पतालको सो एम्बुलेन्स सोमबार बिहान कोशी लोकमार्गको देब्रेबासमा दुर्घटना भएको थियो । एम्बुलेन्स चालक विराटनगर महानगरपालिका वडा नं. १४ बस्ने ३० वर्षीया नरेश शाहले मादकपदार्थ सेवन गरेको कारणले एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । प्रहरीले चालक शाह र सहचालक सोहि ठाउँका २४ वर्षिया श्रवण मण्डललाई नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनापछि एम्बुलेन्समा चेकजाँच गर्दा चालकको सिटमुनि करिब ३ सय ग्राम अवैध गाँजा र डेढ लिटर लोकल रक्सी बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको चालक शाह र सहचालक ठाकुरलाई मेडिकल जाँच गर्दा चालक शाहले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।