आज:  | Thu, 13, May, 2021
FLASH NEWS

पछिल्लो २४ घण्टामा झापामा १९ जनालाई कोरोना पुष्टि


समृद्ध अनलाईन ६ बैशाख २०७८, सोमबार १८:१७ मा प्रकाशित ( हफ्ता अघि) ४७४८ पाठक संख्या

अर्जुनधारा, बैशाख ६ गते । पछिल्लो २४ घण्टामा झापामा १९ जनालाई कोरोना पुष्टि भएको छ । १२ पुरुषसहित जिल्लामा १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा दमकमा २ जना, विर्तामोडमा ८ , मेचीनगर २, भद्रपुर ३, कनकाई ३ र झापा गाउँपालिकामा १ जना रहेका छन् । यसमध्ये ३ जना भारतबाट आएका हुन् भने अन्य स्थानीय हु्न् । संक्रमणको दोस्रो लहरमा सोमबार सबैभन्दा धेरै संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका एकहजार २ सय २७ जना सङ्क्रमित थपिएका छन् ।  सात हजार एक जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एकहजार २ सय २७ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान गरिएको छ । नेपालमा अहिलेसम्म २३ लाख ५२ हजार ५०२ वटा आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म दुई लाख ७५ हजार ५५५ जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हाल सात हजार २५४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । अहिले ८१ जना हाल क्वारेन्टिनमा रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा  आठजना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । याेसँगै नेपालमा तीनहजार ९१ जनाकाे मृत्यु भएकाे छ ।