आज:  | Thu, 13, May, 2021
FLASH NEWS

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु


समृद्ध अनलाईन ८ बैशाख २०७८, बुधबार ०९:०१ मा प्रकाशित ( हफ्ता अघि) १५३५३ पाठक संख्या

अर्जुनधारा, बैशाख ८ गते । झापाको मेचिनगर नगरपालिका १३ चारआलीको पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मंगलबार साँझ पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२८प ८८९१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको मे १ ख८११ नम्बरको ट्रकले ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाईकल चालक मोरङ पथ्रिशनिश्चरे नगरपालिका ९ का २१ बर्षीय प्रवेश बयलकोटी घाईते भई उपचारको लागि बिर्तामोडमा रहेको बिएण्डसि अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो । सो मोटरसाईकलको पछाडी सवार सोही पथ्रिशनिश्चरे कै २२ बर्षीय सागर लिम्बु भने सामान्य घाईते भई मनकामना अस्पताल चारआलीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्रक र चालक झापा अर्जुनधारा २ का ५६ बर्षीय सुमन दनुवार प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।