आज:  | Thu, 13, May, 2021
FLASH NEWS

ओखलढुंगाका ७५ विद्यालय शैक्षिक सुधारकालागि छनोट


समृद्ध अनलाईन ८ बैशाख २०७८, बुधबार ०९:१३ मा प्रकाशित ( हफ्ता अघि) १२६२६ पाठक संख्या

ओखलढुंगा, बैशाख ८ गते । ओखलढुंगाका ७५ वटा सामुदायीक विद्यालय राष्ट्रपती शैक्षिक सुधार कार्यक्रमकालागि छनोटमा परेका छन् । ८ स्थानीय तहका ७५ विद्यालय राष्ट्रपती शैक्षिक सुधार कार्यक्रमकालागि छनोट भएका हुन् ।
राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तरगत ८ वटा कार्यक्रम रहेपनि जिल्लामा ६ वटा कार्यक्रम परेका र १८ लाख बराबरको कक्षा कोठा निमार्णकालागि १२ वटा बिद्यालय, सात लाख बराबरको खानेपानी र सौचालय निमार्णकालागि २ विद्यालय, ६ लाख ५० हजार बराबरको कम्प्युटर ल्याबकालागि १० र पुस्तकालय तथा प्रयोगशाला निमार्णमा ७ बिद्यालय छनोटमा परेका शिक्षा विकास तथा समन्वय ईकाई ओखलढुंगाका प्रमुख भिम प्रसाद मिश्रले जानकारी दिए । शैक्षिक सुधारकालागि विद्यालयले दिएको आवेदन स्थानिय तहले प्रमाणीत गरेर शिक्षा विकास तथा समन्वय इकाई माफर्त संघिय सरकारलाई पठाइएको र आवेदन पेश भएका जिल्लाका ८ वटै स्थानिय तहका ८० मध्ये ७५ वटा बिद्यालय छनोटमा परेको मिश्रको भनाई छ ।
छनौटमा भएका बिद्यालयमध्ये सबैभन्दा बढी लिखु गाउँपालिकाका १४ वटा र सबैभन्दा कम मानेभज्याङ गाउँपालिकाका ३ वटा रहेका छन् । चम्पादेबी,सुनकोशी र मोलुङका ११–११, खिजिदेम्बाका १०, चिसंखुगढीका ७ र सिद्धिचरण नगरपालिकाका ८ वटा बिद्यालय छनोट भएका छन् ।
त्यस्तै शिक्षामा नबिन प्रवर्धन तर्फ २४, शिकाई सामाग्रीतर्फ १८ वटा बिद्यालय छनौटमा परेका छन् । छनोटमा परेका बिद्यालयहरुमा चालु आर्थीक बर्षभित्रै कार्यक्रम सम्पन्न गर्नेगरी संबन्धीत पालिकामा बजेट पठाउन थालिएको शिक्षा विकास तथा समन्व्य ईकाई ओखलढुंगाले जनाएको छ ।