आज:  | Thu, 13, May, 2021
FLASH NEWS

संक्रमण बढेसंगै पूर्वीनाका काँकरभिट्टाबाट प्रवेशमा रोक


समृद्ध अनलाईन १४ बैशाख २०७८, मंगलवार १२:०५ मा प्रकाशित ( हफ्ता अघि) १४०४० पाठक संख्या

अर्जुनधारा, बैशाख १४ गते । संक्रमण बढेसंगै पूर्वीनाका काँकरभिट्टाबाट प्रवेशमा रोक लगाईएको छ । मंगलबारदेखि भारतबाट नेपाल आउने भारतीय नगरिकहरुलाई काँकरभिट्टा नाका प्रवेशमा रोक लगाईएको हो ।

नेपालमा कोभिड १९ को संक्रमण बढ्दै गएकोले नेपाल आउने भारतीय नगारिकहरुलाई काँकरभिट्टा सीमा नाका हुँदै नेपाल प्रवेशमा रोक लगाईएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । सिमानाकामा भारतबाट आउने नेपालीहरुलाई पीसीआर टेष्टको रिपोर्ट हेरेर छोड्ने गरिएको र नेपालबाट भारत जानेहरुलाई पनि परिचय पत्र देखाएर छाडिने गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक सुनिल दाहालले बताए ।
झापा लगायत एक नं. प्रदेशका जिल्लामा कोरानाको संक्रमण धेरै बढ्न थालेपछि सीमा नाकामा कडाई गरिएका कारण नेपाल र भारतबाट आवतजावत गर्ने सर्वसाधारण कम भएकाले काँकरभिट्टा नाका अहिले प्रायः ठप्प रहेको छ ।