आज:  | Thu, 13, May, 2021
FLASH NEWS

अर्जुनधाराका कोरोना संक्रमित एक जनाको मृत्यु


समृद्ध अनलाईन १६ बैशाख २०७८, बिहीबार १०:१९ मा प्रकाशित ( हफ्ता अघि) ५४५५ पाठक संख्या

अर्जुनधारा , बैशाख १६ गते । झापाको अर्जुनधाामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । अर्जुनधार नगरपालिका–६ का एकपुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
उनको उपचारका क्रममा कोशी हस्पिटल विराटनगरमा १६ गते विहान मृत्यु भएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । कोरोनाका कारण मृत्यु हने ती संक्रमितको परिवारका चारजना संक्रमित भएका र दुईजनालाई उपचारका लागि विराटनगर लगिएकोमा एकजनाको मृत्यु भएको जनाइएको छ ।
झापामा बैशाख १५ गते मात्र झापा गाउँपालिकाका एक पुरुषको मृत्यु भएको थियो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १३२ पुगेको छ ।