आज:  | Thu, 13, May, 2021
FLASH NEWS

सङ्क्रमणका कारण धरानमा फेरी एक जनाको मृत्यु


समृद्ध अनलाईन १६ बैशाख २०७८, बिहीबार १४:२५ मा प्रकाशित ( हफ्ता अघि) १७१८ पाठक संख्या

सुनसरी, बैशाख १६ गते । सुनसरीको धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जनाको मृत्यु भएको छ । सप्तरीको कृष्णसवरण गाउँपालिका–५ का २४ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको हो ।
उपचाररत युवकको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि गत सोमबार अस्पताल भर्ना भएका २४ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको गाउँपालिका अध्यक्ष परशुराम चौधरीले जानकारी दिनुभयो ।

ती युवक एक साताअघि नै भारतको दिल्लीबाट फर्किएको र उपचारका क्रममा मृत्यु भएको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का वडाध्यक्ष श्रीप्रसाद यादवले बताए । उनको शव आजै गाउँमा गाडिसकिएको छ ।