आज:  | Thu, 13, May, 2021
FLASH NEWS

सुनसरीमा १७ गते रातिदेखि २४ गतेसम्म निषेधाज्ञा


समृद्ध अनलाईन १६ बैशाख २०७८, बिहीबार १८:५९ मा प्रकाशित ( हफ्ता अघि) ७९८० पाठक संख्या

सुनसरी, बैशाख १६ गते ।  सुनसरी जिल्लामा कोरोना सङ्क्रमित बढेपछि सुनसरी प्रशासनले निषेधाज्ञा लगाउने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुनसरी क्षेत्रभित्र शुक्रबार १२ बजे रातिदेखि यही २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
यो अवधिमा अत्यावश्यकबाहेक हिँडडुल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सर्वसाधारणलाई कतै ननिस्की घर बस्ने आदेश जारी गरिएको छ भने सरकारी कार्यालयहरुमाथिको निर्देशन आलोपालो गरेर सेवा प्रभाव गर्न भनिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका सूचना अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिनुभयो । सवारी साधन जोरविजोर प्रमाणीमा मात्र सञ्चालन गर्न र खाद्यान्नका पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खोल्न पाईने व्यवस्था मिलाईएको उहाँको भनाई छ ।
सिमानाबाट सङ्क्रमण आउने खतरा टार्न जिल्लाको भण्टाबारी नाकाबाट विदेशी नागरिकलाई प्रवेश निषेध गरिएको कार्यालयले जनाएको छ ।