आज:  | Thu, 13, May, 2021
FLASH NEWS

बसले किचिरे १ जनाको मृत्यु


समृद्ध अनलाईन १७ बैशाख २०७८, शुक्रबार ११:५० मा प्रकाशित ( हफ्ता अघि) २३२४ पाठक संख्या

मोरङ, बैशाख १७ गते । मोरङको लेटाङ नगरपालिका ८ जाँते बजारमा बसले किचेर १ जनाको मृत्यु भएको छ । विहिबार साँझ मिक्लाजुङ ५ जोगीटार का ५१ बर्षीय सहबिर मगरलाई बसले किचेको हो ।
पथरीबाट को १ ख १९२४ नम्बरको बसमा चढी आएका मगरको बसबाट झर्ने क्रममा लड्दा सोही बसको पछाडीको चक्काले किचेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । बस र चालक पथरीशनिस्चरे ४ का ३३ बर्षीय गंगा प्रसाद लुईटेल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।