आज:  | Thu, 13, May, 2021
FLASH NEWS

झापामा ५८ सहित प्रदेश १ मा २९१ लाई संक्रमण


समृद्ध अनलाईन १७ बैशाख २०७८, शुक्रबार १६:१५ मा प्रकाशित ( हफ्ता अघि) ८३८४ पाठक संख्या

अर्जुनधारा, बैशाख १७ गते । झापाको अर्जुनधारा सहित विभिन्न स्थानीय तहमा ५८ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा झापा सहित प्रदेश १ मा  २९१ जनालाई कोरोना संक्रमण भएको हो ।
प्रदेश १ समाजिक विकास मन्त्रालयका अनुसार झापामा ५८, मोरंगमा १५३, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ रहेका छन् । मन्त्रालयका अनुसार झपाको अर्जुनधारामा ६, विर्तामोडमा १०, दमकमा ९, कनकाईमा ७, भद्रपुरमा ५, शिवसताक्षी र मेचीनगरमा ४–४ गौरीगञ्ज र हल्दिबारीमा ३–३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २–२, बुद्धशान्ति, बार्हदशी र स्थानीय तह नखुलेका १–१ जना रहेका छन् ।
मोरंगको विराटनगरमा ३२ महिला र ८८ पुरुष सहित १२०, लेटाङमा ९, सुन्दरहरैचामा ६, कटहरी, उर्लाबारी ग्रामथानमा ३–३, रंगेली र बुढीगंगामा २–२, मिक्लाजुङ, बेलबारी, सुनबर्षी, केराबारी र स्थानीय तह नखुलेको १–१ रहेका छन् ।

त्यसै गरि सुनसरीको धरानमा २०, इटहरीमा १८, इनरुवामा ७, बर्जु र देवानगञ्जमा ३–३, कोशी गाउँपालिका, गढी, भोक्राहानरसिंह र रामधुनीमा १–१ रहेका छन भने झामन्त्रालयले ताप्लेजुङको फुङलिङमा ३ र स्थानीय तह नखुलेको १, इलामको चुलाचुली, माई र सुर्योदयमा १–१, उदयपुरको उदयपुरगढीमा २, ते¥हथुममा १, भोजपुरमा १, पाँचथरमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको जनाएको छ ।

प्रदेश १ मा हाल सम्म कोरोना संक्रमितको संख्या ३२ हजार ६५१ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार १८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार १४१ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १०६ महिला र १८५ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।