आज:  | Thu, 13, May, 2021
FLASH NEWS

मध्य बैशाखमा पहिरो जाँदा लाखौंको क्षति, १६ घर जोखिममा


समृद्ध अनलाईन १९ बैशाख २०७८, आईतवार ०७:३६ मा प्रकाशित ( हफ्ता अघि) ५६५७ पाठक संख्या

ओखलढुंगा, बैशाख १९ गते । ओखलढुंगामा मध्य बैशाखमा पहिरो जाँदा लाखौंको क्षति भएको छ । ओखलढुंगाको चम्पादेवी गाउाँलिका वडा न. ३ को शिल्खुबेसीमा गाउँ माथिबाट आएको पहिरोकाकारण १६ घरपरिवार जोखिममा रहेका हुन् ।
शनिवार दिउँसो परेको पानीका कारण पहिरो खस्दा लाखौको क्षति भएको हो । पहिरोका कारण ७ पशुचौपाया पुरीएर मरेको र १६ ओटा घर तथा निर्माणाधिन अवस्थामा रहेको जलकन्या आधारभूत विद्यालयको भवनमा समेत क्षति पुगेको भएपनि कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए । पहिरोका कारण अति जोखिममा परेका ५ घर परिावारलाई छिमेकीको घरमा राखिएको र के कति क्षति भयो भनेर एकिन नभएको प्रहरीको भनाई छ ।
केही महिना अघि गाउँपालिकाको केन्द्र तप्केडाडा देखि पिपलडाडा सम्म खनिएको सडककको कारण पहिरो आएको र उक्त पहिरोका कारण ५ घर अति जोखिममा रहेको बताईएको छ । ओखलढुंगाका ग्रमिण भेगमा जथाभावी खनिएका सडकका कारण पहिरो खस्दा वर्षे नी धनजनकोक्षति हुने गरेको छ ।