आज:  | Thu, 13, May, 2021
FLASH NEWS

सोलुखुम्बुमा भरुवा बन्दुक सहित १ जना पक्राउ


समृद्ध अनलाईन १९ बैशाख २०७८, आईतवार ११:१६ मा प्रकाशित ( हफ्ता अघि) ९१९२ पाठक संख्या

सोलुखुम्बु, बैशख १९ गते ।  सोलुखुम्बुको सोताङ गाउँपालिका–१ बाट ३ थान भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । शनिवार बेलुका ७ पावै सामुदायिक वनबाट ३ थान भरुवा बन्दुक सहित स्थानीय ३४ बर्षीय दिल बहादुर भनिने गंगा बहादुर गिरी पक्राउ परेका हुन् ।
जंगलमा शिकार खेल्न गएका गिरीलाई प्रहरी चौकी वाकुबाट खटिएको प्रहरी टोलीले ३ थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी ८०० ग्राम, फलामको टुक्रा १ केजि, टर्च लाईटमा प्रयोग हुने ब्याट्रि ७ थान, लाईटर १ थान , केप १ थान, मोबाईल २ थान र १० मिटर तार सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उक्त घटनामा अन्य ४ जनाको समेत संग्लग्नता रहेकोले उनिहरुको पनि खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ ।