आज:  | Thu, 13, May, 2021
FLASH NEWS

अर्जुनधारा नगरपालिकामा अतिआवस्यक बाहेकका सबै सेवा बन्द


समृद्ध अनलाईन १९ बैशाख २०७८, आईतवार १६:११ मा प्रकाशित ( हफ्ता अघि) १७६७६ पाठक संख्या

अर्जुनधारा, बैशाख १९ गते । झापातको अर्जुनधारा नगरपालिकाका अतिआबस्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ । बैशाख २० गते देखि अर्को सुचना जारी नभए सम्मका लागि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
नगरपालिकाले बैशाख १९ गते एक सुचना जारी गरि अर्को सुचना जारी नभए सम्म नगरपालिकाको सबै सेवा बन्द गरेको हो । संक्रमणको रोक थाम नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को २ मा उल्लेखित दफा अनुसार र सिसिएमसि तथा डिसिसिएमसि को निर्णय अनुसार नगरपालिकाले यस्तो निर्णय गरेको सुचनामा भनिएको छ । यो अवस्थामा नगरपालिकाले प्रदान गर्दै आएका मध्य स्वास्थ्य, सरसफाई, २४ घण्टे आपतकालिन सेवा, प्रसुति सेवा, नियमित खोप सेवा, बैंक तथा वित्तिय संस्था खाद्यन्न बाहेकका सम्पुर्ण सेवा अर्को सुचना नभए सम्मका लागि बन्द गरिएको बताईएको छ ।
अर्जुनधारामा गत वर्ष १६६ जनामा कोरोना संक्रमण भई ८ जनाको मृत्यु भएको थियो भने हाल नगरपालिकामा ४५ जनालाई संक्रमण भएको र एक जनाको मृत्यु भई सकेको छ ।