आज:  | Thu, 13, May, 2021
FLASH NEWS

वाग्लेले गरे सिद्धिचरण नगरपालिकालाई मास्क र सेनिटाइजर सहयोग


समृद्ध अनलाईन १९ बैशाख २०७८, आईतवार १९:२७ मा प्रकाशित ( हफ्ता अघि) १२४२४ पाठक संख्या

ओखलढुंगा बैशाख २० गते । ओखलढुंगाको सद्धिचरण नगरपालिकालाई  नेकपा एमालेका प्रदेश नं १ कमिटीका सदस्य, प्रदेश युवा तथा खेलकुद विभाग सह–ईन्चार्ज हंशराज वाग्लेले सिद्धिचरण नगरपालिकालाई मास्क र सेनिटाइजर हस्तान्तरण गरेका छन् । भलिवलका पूर्व राष्ट्रिय खेलाडि समेत रहनु भएका वाग्लेले नगरपालिकालाई २ हजार ५ सय थान सर्जिकल मास्क र २० लिटर सेनिटाइजर उपलब्ध गराएका हुन् ।

नगरबासीहरुलाई कोरोना भाइरस कोभिड १९ बाट सुरक्षित राख्ने अभियानमा सहयोग गर्ने उद्देश्यले वाग्लेले यक्तिगत लगानीमा मास्क र सेनिटाइजर दिएको जानकारी दिए । सिद्धिचरणका मेयर मोहनकुमार श्रेष्ठलाई उपप्रमुख इच्छाकुमारी गुरुङ प्रमुख प्रशासकीय अधिकृत रामेश्वर पोखरेललगायतको उपिस्थितमा वाग्लेले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरोक थिए । उनले महामारीको समयमा सामािजक काम गर्न प्रत्साहन गर्ने उद्देश्यले मास्क र सेनिटाइजर हस्तान्तरण गरेको बताउनु भयो । नेता वाग्लेले सिद्धचरण नगरपालिकाको वडा नं ९ मा छुट्टै मास्क तथा सेनिटाइजर सर्वसाधारणलाई उपल्बध गराउने बताए ।
सामग्री बुझ्दै नगर प्रमुख श्रेष्ठले नेता तथा समाजसेवी वाग्लेले गरेको सहयोग स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान भएको भन्दै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गर्दै धन्यवाद ब्यक्त गरेका थिए ।