Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

खोटाङमा करेन्ट लागेर बालकको मृत्यु


समृद्ध अनलाईन २२ बैशाख २०७८, बुधबार १३:१५ मा प्रकाशित ( महिना अघि) ८३८४ पाठक संख्या

खोटाङ, बैशाख २२ गते । खोटाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका-५ का लोकेन्द्र राईको १० बर्षीय छोरा टिहाङ राईको करेन्ट लागेर मृत्यु भएको हो ।
बुधबार बिहान ८ बजे तिर घरबाट दिदिको घर तर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको पारीवारीक श्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।