Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

दाजुले कुटपीट गर्दा भाईको मृत्यु


समृद्ध अनलाईन २३ बैशाख २०७८, बिहीबार ११:२१ मा प्रकाशित ( महिना अघि) ८३८४ पाठक संख्या

उदयपुर, बैशाख २३ गते । उदयपुरको त्रियुगा नगरपालिका–९ मा दाजुले भाईलाई कुटपिट गर्दा भईको मृत्यु भएको छ । त्रियुगा–९ का ५० बर्षीय पुलकित चौधरीले भाईलाई कुटपिट गर्दा ३६ बर्षीय भाई खुशिलाल चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।
गत २० गते राती ८ बजेको समयमा सामान्य बिषयलाई लिएर दाजु भाई वीच बिबाद भएको र कुटपिटबाद्ध घाईते भएका खुशिलाललाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट लगिएको र थप उपचारको लागी बिराटनगरको गोल्डेन अस्पतालमा उपचार भईरहेकोमा उपचारको क्रममा बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनामा संग्लग्न पुलकितलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।