Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

मेयर र उपमेयरको गाडी संक्रमित बोक्न एम्बुलेन्स


समृद्ध अनलाईन २३ बैशाख २०७८, बिहीबार १५:५७ मा प्रकाशित ( महिना अघि) २२२३ पाठक संख्या

रुपन्देहि, बैशाख १३ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिकाभित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेपछि नगरपालिकाले यस्तो निर्णय गरिएको हो ।

‘नागरिकहरु एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा उहाँहरुकै करबाट किनिएको सरकारी गाडी चढेर हिँड्न हामीलाई नैतिकताले नदिने भएका कारण नगरपालिकाले यस्तो निर्णय गरेको नगर प्रमुख बासुदेव घिमिरेले बताए । मेयर बासुदेव घिमिरे लु १ झ ३६० र उपमेयर जगेश्वरीदेवी चौधरीले ३२६ नम्बरको स्कार्पियो गाडी प्रयोग गर्दै आएका छन् ।
गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याइँने उनले बताए । साथै नगरपालिकाले यसअघि वडा नम्बर १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्य चौकीलाई अन्यत्र व्यवस्थापन गरेर अक्सिजन सहितको आइसोलेसन अस्पतालको रुपमा सञ्चालनमा ल्याइसकेको छ । दैनिक करिब दुई सय जनासम्म संक्रमित थपिँदै गइरहेको तिलोत्तमामा रुपन्देहीको बुटवल उपमहानगरपछि सबैभन्दा धेरै संक्रमित छन्