Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

मादकपदार्थ सेवन गरि झगडा हुँदा एकजनाको मृत्यु


समृद्ध अनलाईन २६ बैशाख २०७८, आईतवार १३:४० मा प्रकाशित ( महिना अघि) १०५०५ पाठक संख्या

ओखलढुंगा, बैशाख २६ गते । मादक पदार्थ सेवन गरि आपसमा झगडा हुँदा ओखलढुंगाको खिजीदेम्वाा एक जनाका मृत्यु भएको छ । शनिबार बेलुका मादक पदार्थ सेवन गरि आफसमा भगडा हुँदा खजिदेम्बा गाऊपालिका १ आरुबोट का ६० बर्षीय महेस कुमार खड्काको मृत्यु भएको हो ।
शनिबार बेलुको ९ बजे ५० बर्षीय प्रेम वहादुर सुनुवार र खड्का बिच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिजीफलाटेले जनाएको छ । सुनुवारले खड्काकै घरमा पुगेर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । झगडा हुँदा सुनुवार समेत घाईते भएका र उनलाई स्थानिय क्लिनिकमा उपचार पश्चात ईलाका प्रहरी कार्यालय खिजीफलाटेको प्रहरीटोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक शिव कट्टेलले जानकारी दिए । हाल सुनुवार प्रहरी नियन्त्रणमा रहेका तथा झगडाको विषय र घटनाका विषमा थप अनुसन्धान भमई रहेको प्रहरीको भनाई छ ।