Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

ओखलढुंगामा दैनिक संक्रमित बढ्दै, आईतबार मध्यरात देखि निषेधाज्ञा


समृद्ध अनलाईन २६ बैशाख २०७८, आईतवार २२:०८ मा प्रकाशित ( महिना अघि) ६५६६ पाठक संख्या

ओखलढुंगा, बैशाख २६ गते । पछिल्लो २४ घण्टामा ओखलढुंगामा थप ८ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । शनिवार मोलुङमा स्वाब लिईएका ५६ जना मध्ये ८ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिवार मोलुङमा केहि दिन अगाडी कोभिड संक्रमण भएका व्यक्तिहरु फेला परेपछि उनीहरुको कन्ट्राक्ट ट्रेसिङमा परेकाहरुको स्वाब संकलन गरि शनिवार नै काठमाण्डौं पठाईएको थियो । शनिवार पठाईएको स्वावकोे रिपोर्ट अनुसार जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ ।

संक्रमण पुष्टि भएका ८ जना मध्ये ४ जना मोलुङ हाईड्रोपावरका कर्मचारी, दुईजना मोलुङ गाउँपालिकाको कार्यालयका कर्मचारीका परिवार हुन भने एक महिला मोलुङ २ रहेको जिल्ला स्वास्थ्यकार्यालय ओखलढुंगाका प्रमुख सुमन तिवारीले जानकारी दिए । ति महिला केहिदिन अगाडी मात्रै काठमाण्डौंबाट घर आएकी थिईन् । ओखलढुङ्गा जिल्लाका जिल्ला न्यायधिसलाई समेत आईतवार कोरोना संक्रमण भएको पुष्टि भएको बताईएको छ ।

जिल्लामा पछिल्लो समय क्रमशः कोभिड संक्रमितहरुको संख्यामा बृद्धि हुन थालेपछि थप संक्रमण नफैलियोस् भनेर आईतवार रातिदेखी लागूहुने गरि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । तर निषेधाज्ञाको अवज्ञा गर्दै सयौंको संख्यामा जम्मा भै विहे बर्तमान जस्ता भोज भतेर गर्नेक्रम भने रोकिएको छैन । जसका कारण जिल्लामा थप संक्रमण फैलने त्रास फैलिएको छ ।