Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

विर्तामोडमा तयार भयो अक्सिजनसहितको आइसोलेशन


समृद्ध अनलाईन २६ बैशाख २०७८, आईतवार १६:११ मा प्रकाशित ( महिना अघि) ४६४७ पाठक संख्या

विर्तामोड, बैशाख २६ गते । बढ्दो कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै विर्तामोड नगरपालिकाले ५० शैयाको आइसोलेशन तयार पारेको छ । नगरपालिकाले मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शैयाको आइसोलेशन तयार पारेको हो । बढ्दो सङ्क्रमणका कारण आइसोलेशन तयार गरिएको र आवश्यकताका आधारमा बढाउदै लैजाने नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए ।
नगरपालिकाले यसअघि नै अनारमनीमा रहेको नगर अस्पतालमा अक्सिजन सहित ५ शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो । आइसोलेशनका लागि हाललाई २ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।