Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

प्रधानमन्त्री ओली पदमुक्त, काँग्रेस–माओवादी केन्द्र संयुक्त सरकारको पहलमा


समृद्ध अनलाईन २७ बैशाख २०७८, सोमबार १७:४१ मा प्रकाशित ( महिना अघि) १११११ पाठक संख्या

काठमाडौं, बैशाख २७ गते । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परे पछि उनि पदमुक्त भएका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको बाबुराम भट्टराई(उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले प्रस्तावको विपक्षमा मत दिएका थिए भने जसपाकै महन्थ ठाकुर(राजेन्द्र महतो पक्ष तटस्थ बसेको थियो । एमालेकै माधव नेपाल–झलनाथ खनाल पक्षका केही सांसदहरु बैठकमा अनुपस्थित रहेका थिए। मतदानमा कूल २३२ सांसद उपस्थित रहेका र १५ जना सांसद तटस्थ बसेका थिए । विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरेका थिए ।
विश्वासको मत लिन असफल भएसँगै प्रधानमन्त्री संविधान बमोजिम स्वतः पदमुक्त भएका छन् ।संविधानको धारा एक सयको उपधारा ३ मा उपधारा १ र २ बमोजिम पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने उल्लेख गरिएको छ । हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य कायम छन् । जसमध्ये प्रधानमन्त्रीलाई सरकार जोगाउन १ सय ३६ मत आवश्यक थियो । उनले आफ्नै पार्टीबाट समेत पूरा मत पाएनन् ।
ओली नेतृत्वको सरकार अव स्वतः कामचलाउ भएको र अब राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछिन् । प्रमुख विपक्षी कांग्रेस र माओवादी केन्द्रले संविधानको धारा ७६ को २ अनुसार नै संयुक्त सरकार गठनको प्रक्रिया थालिनुपर्ने माग गरेका छन् ।