Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

टेम्पु भिरबाट खस्दा १ जनाको मृत्यु, ४ जना घाईते


समृद्ध अनलाईन २९ बैशाख २०७८, बुधबार १५:३१ मा प्रकाशित ( महिना अघि) १५९५९ पाठक संख्या

खोटाङ, बैशाख-२९ गते । खोटाङ जन्तेढुंगा गाउपालिका ५ घोर्लेमा भिरबााट अटो टेम्पु खस्दा एकजनाको मृृत्यु भएको छ ।  अटोमा सवार सोही स्थानका १३ बर्षीय गोकुल परियारको मृत्यु भएको हो ।
दुर्घटनामा घाईते हुनेमा टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ बर्षीय जिवन राई, चालककै छोरा ७ महिनाको जर्मन राई, जेन्तेढुंगा ५ का १६  बर्षीय मणिराम राई, सोही स्थानका ६५ बर्षीय रत्न बहादुर राई रहेका छन् । घाईते मध्ये मणिराम राईको अबस्था सामान्य रहेकोले स्थानिय स्वास्थ्य केन्द्रमानै उपचार भईरहेको र बाकीलाई घोपा धरान तर्फ पठाईएको प्रहरीले जनाएको छ । मंगलबार बिहान १० बजे घोर्लेबाट बिरामी बोकी चिसापानी आउने क्रममा  लु.१ स. ०३५० नम्बरको अटोटेम्पु तारेभिरबाट अन्दाजी ५०० मिटर तल खसेको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी टोली पुगि घाइतेहरुलाई उद्धार गरि उपचारको लागी घोपा धरान तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय खोटङले जनाएको छ ।