Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

कल्पना श्रेष्ठका मुक्तकहरु


समृद्ध अनलाईन ६ जेष्ठ २०७८, बिहीबार १८:०५ मा प्रकाशित ( महिना अघि) ५१४१० पाठक संख्या

मुक्तक १

दश कक्षा फेल भए पनि नेता बन्न मिल्छ
भाषण छाट्न योग्य बनि नेता बन्न मिल्छ
खासै दक्ष पर्दैन ठाउँमा मान्छे भए पुग्यो
आफन्ती हुन मन्त्री भनि नेता बन्न मिल्छ

मुक्तक २

अभाव छ रे सिटामोलको खबर आफ्नै गाउको
गर्नु सक्ने केहि थिएन चिन्ता आफ्नै ठाउँको
जितेपछि चुनाव अहिले जाने फुर्सद मिलेन रे
आश नगर्दा हुन्छ नेता भोट अब मेरो नाउको

मुक्तक ३
सूचना हो मायाको सुन्ने भए आउ
दुखी सग पिरति बुन्ने भए आउ
धोका दिन नपाउने सर्त राखेकी छु
सगै जिन्दगीका आधी बेरी थुन्ने भए आउ

मुक्तक ४

नजाउ भनु कसो गरि यात्रा तय भएपछि
हजार सपना बुनेर मुग्लान तिर गएपछि
औंला भाच्दै फर्की आउने दिन गन्नु छ
आएपछि उस्कै हुने आशा बाकी रहेपछि

मुक्तक ५

भएपनि टाढा तिमी सपनीमा आइदेउ सानु
आफ्नै ठानी मायाको सुमधुर गीत गाइदेउ सानु
दुरी टाढा भए के भो माया गाढा छदैछ नि
सयौ जुनि नछुटिने चोखो माया लाइदेउ सानु

मुक्तक ६

छानीछानी एउटी बल्ल रोज्दा रैछ्न नि
घर गरी खान्छे खान्न सोच्दा रैछ्न नि
ए हजुर जमाना बद्लियो हिजो आज
केटा पनि गाठवाली केटी खोज्दा रैछ्न नि

मुक्तक ७

सम्झी सम्झी रुन्छु कि पीर लागेको छ
घर न घाटको हुन्छु कि पीर लागेको छ
विकल्पमा मलाई छोडी समाज रोज्यौ भने
मै पागल पो बन्छु कि पीर लागेको छ

मुक्तक ८

दिल बाट बसाइँ अन्तै सरे पछि थाहा भयो
फर्की आउने आशा सबै मरे पछि थाहा भयो
सगै जिउने बाचा कसम तोडि गयौ नि
धोका के हो बेको निम्तो गरे पछि थाहा भयो

मुक्तक ९

पीडा अनि छटपटीको खात भैदियो
छुटाउने एउटै कारण जात भैदियो
समान हुन सबै जात भन्थे गुरु त
तर उसकै घरमा पक्षपात भैदियो

मुक्तक १०

नबाटनु रैछ प्रेमको डोरी बाटेर भुल गरे
नसाटनु रैछ मन मुटु कतै साटेर भुल गरे
सारा खुशी दिन्छु माया भन्थ्यो भन्न लाई
नआटनु रैछ भागेर जान आटेर भुल गरे ।

-कल्पना श्रेष्ठ, रामेछाप