Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

पछिल्लो चौबीस घण्टामा आठ हजार ८४८ जना कोरोनामुक्त


समृद्ध अनलाईन ८ जेष्ठ २०७८, शनिबार १७:५६ मा प्रकाशित ( महिना अघि) १६४६४ पाठक संख्या

काठमाडौं, जेठ ८ गते । नेपालमा आज आठ हजार ८४८ जना कोरोनामुक्त भएका छन् । पछिल्लो चौबीस घण्टामा यो आठ हजार ८४८ जना कोरोना मुक्त भएका हुन् ।
पछिल्लो चौबीस घण्टामा १९ हजार ३५७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा कोरोनाभाइरसका आठ हजार ५९१ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख नाघेको जनाएको छ । हालसम्म पाँच लाख पाँच हजार ६४३ जना सङ्क्रमित भएकोमा हाल एक लाख १५ हजार ८०६ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
हालसम्म कोरोना लागेका तीन लाख ८३ हजार ६८४ जना कोरोनामुक्त भएसगै, पछिल्लो चौबीस घण्टामा १२९ जनाले ज्यान गुमाए सगै हालसम्म कोरोना सङ्क्रमणबाट छ हजार १५३ जनाले ज्यान गुमाएका छन् ।