Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

निर्वाचन घोषणा स्वागतयोग्यः सांसद् लिङ्देन


समृद्ध अनलाईन ८ जेष्ठ २०७८, शनिबार १४:२४ मा प्रकाशित ( महिना अघि) १५४५४ पाठक संख्या

अर्जुनधारा, जेड ८ गते । झापाको निर्वाचन क्षेत्र– ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागत गरेका छन् । उनले प्रधानमन्त्रिले निर्वाचन घोषणा गरेको स्वागतयोग्य कदम भएको बताएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेता लिङ्देनले महामारीका बेला निर्वाचन सम्पन्न गर्न प्राविधिक कठिनाई भए पनि यो उपयुक्त कदम भएको बताएका हुन् । प्रधानमन्त्री र राष्ट्रपतिको कदमबारे पार्टीले आधिकारिक धारणा बनाएको नभएपनि अहिले प्रतिनिधिसभाले संसदको रुपमा काम गर्न नसकिरहेको रसरकार बनाउन कसैले बहुमत पु¥याउँन नसकिरहेको अवस्थामा निर्वाचन घोषणा स्वभाविक भएको उनको भनाई छ ।

उनले अहिलेको संसदले प्रभावकारी ढंगले काम नगरेको अवस्थामा र सरकारका लागि कसैले बहुमत नजुटाएको अवस्थामा यो अवश्य हुने नै थियो । विधी प्रक्रियाको कुरा एउटा ठाउँमा छ तर अहिले संसदको जुन विकृत अवस्था देखिएको थियो, अब नयाँ प्रणालीका लागि निर्वाचनमा जानुपने बताए ।
अहिले भइरहेको महामारीको परिस्थितिमा निर्वाचन गर्न केही जटिलताहरू हुने भए पनि पहिलो प्राथमिकता महामारीलाई दिनुपर्ने भएकोले निर्वाचनको परिस्थिति राम्रो नभएपनि अहिलेको राजनीतिक निकाय चुनाव वाहेक अरु हुन नसक्ने उल्लेख गरेका छन् ।