Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

संसद विघटन स्वाभाविक र असंवैधानिकः सभामुख सापकोटा


समृद्ध अनलाईन ८ जेष्ठ २०७८, शनिबार २०:०९ मा प्रकाशित ( महिना अघि) १८४८४ पाठक संख्या

काठमाडौं, जेठ ८ गते । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन् । शनिबार वक्तव्य सार्वजनिक गर्दै उनले संविधानको धारा ७६ ९५० अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको उल्लेख गरेका छन् ।
‘प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै सार्वभौम प्रतिनिधि सभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम मान्न सकिने अवस्था रहँदैन ।’ उनले लेखेका छन्, यो कदम २०७७ पुस ५ को प्रतिनिधि सभा विघटनविरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिन्छ । उनले असंवैधानिक संसद विघटनविरुद्ध एकजुट हुन सबैलाई आग्रहसमेत गरेका छन्। सापकोटाले संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेस भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै सार्वभौम प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु संवैधानिक कदम मान्न नसकिने बताएका छन् ।
‘राष्ट्रपति कार्यालयबाट जेठ ७ गते जारी गरिएको विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धि ऐन २०७३ र प्रतिनिधिसभा निएमावली २०७५ को व्यवस्थासँग मेल खाएको देखिदैन’ सापकोटाले विज्ञप्तिमा भनेका छन,‘ जुन शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत हुन आउँछ । थहाखबरबाट