Advertisement
SKIP THIS
आज:  | Fri, 24, Sep, 2021
FLASH NEWS

शिलोङ पसे पछी


समृद्ध अनलाईन १० जेष्ठ २०७८, सोमबार १४:१० मा प्रकाशित ( महिना अघि) ३१००८ पाठक संख्या

-इन्द्र घिसिङ,

 

पूर्व पश्चिम नेपाल देखी, धेरै शिलोङ पस्छन्
कति चाहीं अनायसै, तिरको खेलमा फँस्छन् ।

जति भाको जेबको पैसा, तिरमा फँसे पछी
कतिलेत गाउँ घर भूल्छन्, शिलोङ पसे पछी ।

एक पछी अर्को पुग्छन्, हरेक सिजनमा
शिलोङमा भासिएको, आफन्तलाई लिन ।

सिंगल ,सेम, निलसेम ,ब्राकेट, फर्डकेश तिरको खेला
खेलाडीले के बुझ्थ्योर घरको दुख जेला ।

एक खेप फर्डकेश नपारी, घर फर्कन्न भन्ने
हाम्राहरू धेरै त्यहीं छन्, तिनलाई के सम्झाउने ?

सपनाको कुरा जोडी, तिरको अंक खेल्दा
भाग्य कहाँ बनिन्छर, ध्यानलाई अन्त ठेल्दा ।

कान्छी बजार जम्छ त्यतै, क्वाई सिगरेट र लालमा
अञ्जानमै कती फँस्छन्, कोङको माया जालमा ।

कोङको इच्छा अनुसार, चल्दै गए पछी
आउट पनी हुन सक्छ, बैंश गुमे पछी ।

बिन्ति मेरो शिलोङ पस्ने, साथीहरूलाई
गाउँ घर सम्झी फर्की जाने, चाँजो मिलाउँहै ।

-खिजीदेम्वा, ओखलढुंगा