Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

ओखलढुंगामा पहिलोपटक कोरोना संक्रमितको मृत्यु


समृद्ध अनलाईन १० जेष्ठ २०७८, सोमबार १२:११ मा प्रकाशित ( हफ्ता अघि) १०३०३ पाठक संख्या

ओखलढुंगा, जेठ १० गते । ओखलढुंगामा कोरोना संक्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ । जिल्लाबाट कामका शिलशिलामा अन्यत्र गएर कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको भए पनि जिल्लामै कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।

सिद्धिचरण नगरपालिका ११ की ५८ वर्षीया महिलाको सोमबार ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररकै क्रममा मृत्‍यु भएको जिल्ला स्वास्थ्य कार्यलय ओखलढुंगाका प्रमुख सुमन तिवारीले बताए । जेठ ७ गते उनीमा कोरोना पुष्टि भएको बताइएको छ। मृतक श्रेष्ठलाई श्वासप्रश्‍वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो। उनको अक्सिजन लेवलसमेत कम रहेको थियो ।

सव व्यवस्थापनका लागि डिसिसिएमसीको बैठक बसिरहेको र बैठकको निर्णयअनुसार शवको व्यवस्थापन गरिने तयारी गरिएको छ।