Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

अस्थायी एम्वुलेन्स संचालन गर्दै माओवादी केन्द्र


समृद्ध अनलाईन १३ जेष्ठ २०७८, बिहीबार ११:३५ मा प्रकाशित ( हफ्ता अघि) ३२०१८ पाठक संख्या

ओखलढुंगा, जेठ १३ गते । नेपाल कमयुनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धिचरण नगरपालिकाका–२ ठूलाछाप वडा पार्टी कमिटीले गाडी भाडामा लिएर अस्थायी एम्वुलेन्स संचालन गरेको छ । स्वास्थ्यमा समस्या आएका नागरिकहरुलाई स्वास्थ्य संस्था सम्म पुग्नका लागि पार्टीले गाडी भाडामा लिएर अस्थायी एम्वलेन्स संचालनमा ल्याएको हो ।
गत जेठ १० गते वसेको पार्टी वडा कमिटीको बैठकले विश्व माहामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य मापदण्ड पूरा गर्न, जनचेतना जगाउन र आपत्कालिन परिस्थितिमा मानविय संवेदनालाई ख्याल गरि स्वतस्फूर्त परिचालित हुन पार्टी कमिटी, जनबर्गिय संगठन र मोर्चालाइ निर्देशन दिएको पार्टीका युवा नेता बसन्त कटुुवालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवाला निकायहरुसँग समन्वय गरि अति गरिव, विपन्न परिवारलाई स्वास्थ्यमा पहुँच पु¥याउने उदेश्यले पार्टीले १ महिनाका लागी ना २ च ८७९९ नंम्वरको बोलेरो जिप अस्थायी एम्वुलेन्सको रुपमा सेवा उपलब्ध गराउने निर्णय गरेको कटुवालको भनाई छ ।
लकडाउनमा रहेका जनतालाई सेवा प्रदान गर्न टोल–टोलमा दैनिक उपभोग्य सामाग्रीहरुको घुम्ती सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन, गरिव विपन्न परिवार पहिचान गरि राहत वितरण गर्न, पिसिआर परिक्षण दर बढाउन वडा कार्यालय मार्फत सम्वन्धित निकायमा पहल गर्न पार्टीले माग गरेको छ । पार्टीले स्थानीय स्वास्थ्य संस्थाको कामलाई चुस्त भरपर्दो बनाउन र आवश्यक स्वास्थ्य सामाग्री अक्सिजन सहितको व्यवस्थापन गर्न माग गर्ने र दाताहरुलाइ सहयोग गर्न अपिल गरेको छ ।

गाउँमै अक्सिजन सहितको उपचार!

सिद्धिचरण नगरपालिका वडा नंं २ गमा निशँखे स्वास्थ्य चौकीमा ४ बेडको अक्सिजन सहितको उपचार सुरु गरिने भएको छ । स्थानीय युवा उद्यमी, व्यावसायि रोशन घिमिरे र दिपेन्द्र कटवाल र तारा कटुवालको सहयोगमा निशँखे स्वास्थ्य चौकीमा अक्सिजन सहितको उपचार सुरु गरिने भएको हो ।
जिल्लामै वडा स्तरको व्यवस्थित स्वास्थ्य चौकी बनाउनका लागि आफुहरु अग्रणि भुमीका खेलेर काम गरि रहेको ठुलाछापका स्थानीय युवा बसन्त कटुवालको भनाई छ । स्थानीय युवाहरुको पहलमा जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालयको समन्वयमा कोभिड संक्रमितहरुलाई वडा स्तर मै उपचारका लागि यो कार्य थालिएको उहाँले बताए । हाल सम्म ४ थान अक्सिजन सिलिण्डर, स्वास्थ्य सामाग्री र नगद ३० हजार रुपैया जुटी सकेका कारण त्यसलाई व्यवस्थित गरेर स्थानीय स्वास्थ्य चौकीमा गुणस्तरीय सेवा प्रदान गर्नका लागि आफुहरु लागि परेको कटुवालको भनाई छ ।
मानवीय भावनाले सहयोग गरौँ, आफुपनि बचौँ अरुलाई पनि बचाउँ, स्वास्थ्य मापदण्ड पालना गरौँ भन्दै ठूलाछापका युवाहरु एकजुट भएर लागि परेका छन् ।