Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

अर्जनधारामा फेरी गयो एक जनाको ज्यान


समृद्ध अनलाईन १५ जेष्ठ २०७८, शनिबार ११:१३ मा प्रकाशित ( हफ्ता अघि) ३६४६२ पाठक संख्या

अर्जुनधारा, जेठ १५ गते । कारोना संक्रमणबाट अर्जुनधरामा फेरी एक जनाको ज्यान गएकाृ छ । अर्जुनधारा ११ का ४० वर्षीय एक पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।
अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखाका अनुसार तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनको बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा गएराति मृत्यु भएको हो । उनको स्थानीय देउनिया खोलामा नेपाली सेनाले अन्त्येष्टि गर्ने भएको छ । यो सँगै कोरोना संक्रमणको दोस्रो लहरमा अर्जुनधारामा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।