Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

ओखलढुंगामा थप दुई जनाको मृत्यु, संक्रमित संख्या ६ सय ९ पुग्यो


समृद्ध अनलाईन १५ जेष्ठ २०७८, शनिबार १०:२७ मा प्रकाशित ( हफ्ता अघि) १८७८७ पाठक संख्या

ओखलढुंगा, जेठ १५ गते । ओखलढुंगामा शनिबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । सद्धिचरण नगरपालिका र खिजीदेम्बा गाउँपालिकाका २ पुरुष को कोरोनाका कारण ज्यान गएको हो ।
स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख सुमन तिवारीका अनुसार मृत्यु हुनेमा खिजीदेम्बा गाँउपालिका वडा नम्वर २ का ४५ बर्षीय पुरुष र सिद्धिचरण नगरपालिका ६ का ५८ बर्षीय पुरुष रहेका छन् । खिजीदेम्वाका पुरुषमा कोरोना पुष्टि भएपछि मंगलबार उपचारका लागि अस्पताल आएका थिए भने सिद्धिचरणका पुरुष बुधबार अस्पतालमा आएर जाँच गर्दा कोरोना देखिएको थियो ।
जिल्लामा कोरोनाका काराण हाल सम्म जिल्लामा ५ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिकाका १ महिला १ पुरुष, खिजीदेम्बा गाउँपालिकाका एक पुरुष, मोलुङ गाउँपालिकाका एक महिला र सोलखुम्वु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाकी एक महिला गरि ५ जना रहेका छन् । यससँगै कोरोनाबबत्राट जिल्लामा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने विभिन्न रोजगारीका लागि अन्यत्र रहेका ७ जनाको पनि मृत्यु भई सकेको छ ।
जिल्लामा हाल संक्रमित संख्या ६ सय ९ पुगेको छ भने जिल्लामा कोरोना जित्नेको संख्या ५५ पुगेको छ । यहाँका स्थानीय सरकार भनेर संक्रमितलाई घरैमा बस्न भनिरहेका छन् । होम आइसोलेशनमा रहेर समस्या देखिएपछि मात्रै अस्पताल आउने गर्दा अवस्था जटिल हुने र मृत्युदर बढ्ने चिकित्सकहरुले बताएका छन् ।