Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

खोलाले बगाउँदा अरुण भ्याली हाइड्रोपावरका कर्मचारी र नालीमा डुबेर बालिकाको मृत्यु


समृद्ध अनलाईन १५ जेष्ठ २०७८, शनिबार १६:०५ मा प्रकाशित ( हफ्ता अघि) ६२६३ पाठक संख्या

संखुवासभा, जेठ १५ गते । संखुवासभामा पिलुवा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। पिलुवा खोलाले बगाउँदा अरुण भ्याली हाइड्रोपावरका कर्मचारी मृत्यु भएको हो।
खोलाले बगाउँदा मादी नगरपालिका–५ मुलपानीका ३० वर्षीय महेश दाहालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए । हाइड्रोपावरका कर्मचारी दाहाललाई शुक्रबार दिउँसो ३ बजेखोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएको र उनको शव शनिबार बिहान घटना स्थलभन्दा एक किलेमिटर तल चैनपुर नगरपालिका–७ मा फेला परेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । शुक्रबार शव फेला नपरेपछि स्थानीय र प्रहरीले शनिबार विहानैदेखि खोजी गरेका थिए ।
उनी घरबाट कार्यालय आउँदै गर्दा पिलुवा खोलाले बगाएको थियो । उनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्रले चैनपुर ल्याइएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

त्यस्तै गरी खाँदबारी नगरपालिका–३ मा नालीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी–३ चिसापानी की तीन वर्षीया एलिसा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक कविन राईले जानकारी दिए ।

तीन वर्षीया एलिसाको घर नजिकैको नालीमा जमेको पानीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको प्रहरी निरिक्षक राईले बताए । खेल्न गएकी एलिसा सडक निमार्ण गर्दा खनिएको नालीमा डुबेकी थिइन् । उनको जिल्ला अस्पताल संखुवासभा ल्याउदै गर्दा बाटैमा मृत्यु भएको उनले बताए । उनको शव जिल्ला अस्पताल संखुवासभामा पोष्टमार्टम गरेर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।