Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

सरकारी अस्पतालमा पत्रकारको निःशुल्क उपचार गरिने


समृद्ध अनलाईन १५ जेष्ठ २०७८, शनिबार १८:५० मा प्रकाशित ( हफ्ता अघि) ५५५६ पाठक संख्या

त्यस्तै, पत्रकारको क्षमता विकासका लागि आगामी वर्ष आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने सरकारले जनाएको छ । सोहीअनुसार नेपाल पत्रकार महासंघको कार्यालय परिसर सञ्चारग्राममा प्रेस संग्रहालय निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ ।

सोहीअनुसार सबै स्थानीय तहमा फाेर जी सेवा विस्तार गर्ने लक्ष्य सरकारले लिएको छ । दुरसञ्चार सेवाको सेवा चुस्त गरिने तथा सबै प्रदेशमा चलचित्र छायाङ्कन स्थल निर्माण गर्ने सरकारले बताएको छ । अर्थमन्त्री पौडेलकाअनुसार नेपाल टेलिभिजनको प्रशारणलाई विश्वव्यापी बनाउन एनटीभी वल्र्ड कार्यक्रम प्रशारण गरिने छ । त्यस्तै, सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका लागि ७ अर्व ७४ करोड रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए । गोरखापत्रबाट