Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

आगामी आर्थिक वर्षमा अर्जुनधाराका आधादर्जनबढी सडक कालोपत्रे हुँदै


समृद्ध अनलाईन १७ जेष्ठ २०७८, सोमबार १९:५७ मा प्रकाशित ( हफ्ता अघि) ११८१८ पाठक संख्या

अर्जुनधारा, जेठ १७ गते । संघीय सरकारको आर्थिक बर्ष २०७८/०७९ को बजेट भाषणले अर्जुनधारा नगरका विभिन्न बाटाहरु कालोपत्रे तथा मर्मत सम्भार हुने भएका छन् । नगरपालिकाका ४ वटा वाटाहरु कालोपत्रे हुने भएका हुन् ।

बुट्टावारी चोकदेखि सालवारी स्कुल हुँदै कालिस्थान जोड्ने र मंगलमणि मार्ग हुँदै धाइजन जाने बाटो जोड्नका लागि ३÷३ करोड बजेट विनियोजन हुने भएको छ । त्यस्तै बिर्तामोड वस पार्क, चाम्लिङटोल, सुवासचोक हुँदै सहरेडाँगि र मिलडाँडा दक्षिण देउनिया टोल, जुनकिरी स्कुल हुँदै लाहुरेटोलका लागि ५० लाखका दरले स्तर उन्नती तथा कालोपत्रै गर्नका लागि सरकारले बजेट विनियोजन गरेका छ ।

अर्जुनधारा नगरपालिकाको पहलमा छुट्याइएको बजेट चाँडोभन्दा चाँडो ल्याएर आर्थिक बर्षको शुरुबाट कार्य सञ्चालन गर्नुपर्ने अवस्था देखिन्छ ।
वाटोका कारण वर्षायाममा सवारीसाधन दुर्घटना हुने गरेपनि अव भने वाटो निर्माण भएपछि त्यस क्षेत्रमा राहत मिल्ने स्थानीयको बुझाई छ । वजेट भाषणले ती बाटोहरुका लागि बजेट छुट्याएपछि उक्त क्षेत्रमा स्थानीय हर्सित भएका छन् ।