Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

भट्टराईले गरे आफ्नो गाउँलाई अौषधि सहयोग


समृद्ध अनलाईन १८ जेष्ठ २०७८, मंगलवार १०:१० मा प्रकाशित ( हफ्ता अघि) ११०१० पाठक संख्या

काठमाडौं , जेठ १८ गते । ओखलढुंगाको लिखु गाउँपालिका वडा नं ६ का समाजसेवी भुबन भट्टराईले जिल्लाकै अग्रणि संस्था गामनाङ्गटार सेवा समाजलाई औषधिहस्तान्तरण गरेका छन् । अौषधि उत्पादन संघका महासचिब विप्लप अधिकारीको सहयोगमा अौषधि भट्टराईले सेवा समाजलाई हस्तान्तरणा गरेका हुन् ।
औषधि प्रदान गर्नुहुने सहयोगी औषधि उत्पादन संघका महासचिब विप्लप अधिकारीलाई नेता भूबन भट्टराईले धन्यबाद व्यक्त गरेका छन् ।
गामनाङ्गटारमा कोभिडसंग सम्बन्धित समस्या पहिचान गरि उक्त्त समस्यासंग जुध्न सेवा समाजले बिभिन्न क्षेत्रमा सम्पर्क समन्वय गरि पोजेटिभ देखिएका बिरामीलाई ब्यबस्थापन गर्ने र समस्या फैलन नदिन पालिका,राजनैतिक दल,संघ -सस्था,सम्बन्धित निकाय सबैसंग सहयोग साथै समन्यवयमा काम गर्ने गामनाङ्गटार सेवा समाजक अध्यक्ष चित्र थापाले बताए ।भट्टराई गाम्नाङटारबाट काठमाडौंमा रहि सफल व्यबसायीका रुपमा चिनिन्छन् । उनी गाम्नाङटार सेवा समाजको पुर्व अध्यक्ष समेत रहेका छन् ।