Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

प्रणामी युवा परिसद नेपाल प्रा . स शनिश्चरेले मोटिभसनल कक्षा संचालन गर्ने


समृद्ध अनलाईन २० जेष्ठ २०७८, बिहीबार २२:४७ मा प्रकाशित ( हफ्ता अघि) ४६४७ पाठक संख्या

अर्जुनधारा, जेठ १९ गते । श्री कृष्ण प्रणामी युवा परिसद नेपाल प्रा . स शनिश्चरेले मोटिभसनल कक्षा संचालन गर्ने भएको छ ।

र्दुव्यसनी त्यागौँ , सेवामुखी बनौँ भन्ने परिषदको मुल नारा लाई मध्यनजर गर्दै समाज सेवाका क्षेत्रमा सकृय रहेको श्री कृष्ण प्रणामी युवा परिसद प्रा . स शनिश्चरेले कोरोना भाईरसकाे माहामारी बाट मानिसको सोचाईमा पर्नसक्ने नकारात्मक असरलाई मध्यनजर गर्दै त्यसबाट जोगिनकालागी आवश्यक ज्ञान दिन कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका हुन् ।

हाम्रो समाजमा कोरोना भाईरसको संक्रमण बाट ज्यान गुमाउनेको र संक्रमित हुनेकाे संख्या सरकारले जारी गरेको निषेधाज्ञा संगै कम हुदै गएको भएपनि अझै कोरोना भाईरसको डर कायमै रहेकाे कारण मानिसको सोचाईमा गहिरो असर देखिने भएकाले त्यसबाट जोगिन केहि हदसम्म यस कक्षाले सहयोग पुग्ने छ भन्ने सोचका साथ कार्यक्रमको आयोजना गरिएको प्रा.स शनिश्चरेका अध्यक्ष खड्ग बिष्टले बताएका छन् ।

कार्यक्रम कोरोना भाईरसको संक्रमण भएर हाल होम आईसोलेसनमा बसेका बिरामी देखि कोरोना भाईरसको संक्रमण नभएका हरुका लागी समेत उपयोगी रहेको अध्यक्ष बिष्टले बताएका छन् ।

२१ गते शुक्रबार जुम र फेसबुक मार्फत दिउसो १ बजेदेखी अनलाईनबाट हुने कार्यक्रमको सहजिकरण एन एल पि मास्टर प्राक्टिसनर प्रदिप बिष्टले गर्ने आयोजकले जनाएको छ ।