Advertisement
SKIP THIS
आज:  | Mon, 21, Jun, 2021
FLASH NEWS

झापा र मोरङबाट लागुऔषध ब्राउनसुगर कारोवारी र चोरीमा संलग्न ६ ना पत्राउ


समृद्ध अनलाईन २१ जेष्ठ २०७८, शुक्रबार १५:५२ मा प्रकाशित ( हफ्ता अघि) ७२७३ पाठक संख्या

अर्जुनधारा, जेठ २१ गते । झापाको बिर्तामोड–९ धौलापुरबाट प्रहरीले ३ जना पक्राउ गरेको छ । उनिहरु प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित प्रक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का ३० बर्षीय पशुपती राजवंशी, २८ बर्षीय दिपक चौधरी र एक १७ बर्षीय बालक रहेका छन् । प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को ३ प १५३६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका उनिहरुलाई बिहिवार राती ७ बजे १ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै गरि जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोटरसाईकल चोरीको आरोपमा प्रहरीले ईटहरी उप–महानगरपालिका–२ का ४० बर्षीय सुवास चन्द्र राई, ईटहरी २० का ३८ बर्षीय बलराम गुरुङ र ईटहरी १३ का २६ बर्षिय राजेश मेहेतालाई पक्राउ गरेको छ ।
जेठ १२ गते मोरङको सुन्दरहरैचा नगरपालिका–४ बाट गजेन्द्र राईको नाममा रहेको प्रदेश–१–०५–००१ प.००६१ न.को मोटरसाईकल हराएको भनी प्रहरीलाई जानकारी गराईएको र जानकारी पाए लगत्तै अनुसन्धान तथा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ईटहरीको खनारबाट चोरी भएको मोटरसाईकल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ ।