Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

कोरोनाका कारण २० जनप्रतिनिधिको ज्यान गयो


समृद्ध अनलाईन ३० जेष्ठ २०७८, आईतवार १७:४४ मा प्रकाशित ( महिना अघि) २४८४७ पाठक संख्या

काठमाडौं, जेठ ३० गते । देशभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण नेपालमा हाल सम्म २० जना जनप्रतिनिधिको ज्यान गएको छ । हालसम्म नगरपालिकाका १३ र गाउँपालिकाका ७ जना प्रतिनिधिको कोरोनाका कारण ज्यान गएको हो ।
कोरोना संक्रमण नियन्त्रण र रोकथाममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तुलनामा यसपटक स्थानीय तहका जनप्रतिनिधिहरुले वढी क्षति व्यहोर्नुपरेको छ । नियन्त्रण र उपचारमा खटिदा खटिदै संक्रमित भएर ज्यान गुमाउनेमा जनप्रतिनिधि वढी रहेका छन् । गत बैशाखयतामात्र ७५३ स्थानीय तहका २० जना जनप्रतिनिधिले कोरोनाका कारण ज्यान गुमाएका छन् । गाउँपालिका महासंघ र नगरपालिका संघले उपलव्ध गराएको तथ्यांक अनुसार नगरप्रमुखदेखि वडा सदस्यसम्मले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
कोरोना संक्रमणको पहिलो चरण भन्दा भन्दा खतरानाक मानिएको यो भाइरसका कारण शनिवारसम्ममा देशभर ६ लाख २६ हजार ५३५ जना संक्रमित भएका छन् भने निको हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको छ । देशभर हालसम्म ८ हजार तीन सय ६६ ले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।