Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

फेसबुकमा नयाँ विषेशता थप, कसरी चलाउने ?


समृद्ध अनलाईन ४ असार २०७८, शुक्रबार १०:४१ मा प्रकाशित ( महिना अघि) ९४९५ पाठक संख्या

एजेन्सी । विश्वभर लोकप्रिय भएकाे सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी गरिएकाे छ । फेसबुक प्रयाेगकर्ताका लागि थप सुविधा दिने उद्देश्यले अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको हाे ।

फेसबुकले दिएकाे जानकारी अनुसार याे सेवाकाे परीक्षण सफल भएकाले प्रयाेगकर्तामाँझ पुर्याउने तयारी अन्तिम चरणमा पुगेकाे छ । यो सेवा आगामी जुन २२ देखि शुरु हुने जनाइएको छ । कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ विषेशताका बारेमा परीक्षण गरिएको थियो । परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पुरै तयारीका साथ जोड्न थालिएको बताइएकाे छ ।

फेसबुकको न्युजफिडमै अडियो पोस्ट गर्न मिल्ने र त्यही बजाएर सुन्न मिल्ने व्यवस्था हुने भएको छ । कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जनाएको छ । अडियो सेवाका बारेमा इमेलमार्फत जानकारी दिने र जोड्न सकिने व्यवस्था गर्न लागिएको पनि अधिकारीहरुले बताएका छन् ।