Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

क्षतिग्रस्त जलविद्युत् आयोजनालाई सहायता माग


समृद्ध अनलाईन ६ असार २०७८, आईतवार ०७:०९ मा प्रकाशित ( महिना अघि) ४२४३ पाठक संख्या

काठमाडौँ, असार ६ गते । । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले अविरल वर्षका कारण क्षतिग्रस्त जलविद्युत् आयोजना तथा प्रसारण लाइनका लागि तत्कालीन र दीर्घकालीन प्रकृतिका सहायता उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ । इपपानले निर्माणाधीन तथा सम्पन्न भइसकेका धेरै आयोजनामा यस्तो क्षति भएको उल्लेख गर्दै तत्काल राहत तथा सहयोगमा जुट्न आग्रह गरको हो ।

इप्पानले क्षतिग्रस्त पहुँच मार्गको तत्काल पुनर्निर्माण, क्षति पुगेका प्रसारण लाइनहरू तत्काल सुचारु गरिनुपर्ने औँलयाउदै सबस्टेसनहरूको सुरक्षा प्रबन्धका लागि तत्काल उचित कदम चाल्नुपर्ने जनाएको छ । समस्या समाधानका लागि गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायको उच्चस्तरीय संयन्त्र बनाउन समेत अनुरोध गरेको छ । विभिन्न नदी, जलाधार तथा करिडोरमा रहेका पावर हाउस तथा हेडवक्र्सको सुरक्षाका लागि नेपाल सरकार, जल उत्पन्न तथा प्रकोप नियन्त्रण विभागमार्फत नदी नियन्त्रणका लागि योजना बनाउन पहल गर्न माग गरेको छ ।

प्रभावित आयोजनाहरूको दीर्घकालीन सहायताका लागि छिटो बीमाको भुक्तानीमा सहजीकरण गर्नुपर्ने, निर्माण सम्पन्न हुने चरणमा रहेका कतिपय आयोजनामा बाढीले क्षति पु¥याएकाले अब कम्तीमा एक वर्ष ढिला हुन जाने देखिएकाले आयोजनाहरूले लिएको ऋण रकममा नेपाल राष्ट्र बैङ्कले एक वर्षका लागि पुनर्कर्जा सुविधा पनि दिन आग्रह गरेकोे छ ।

इप्पानले बाढीपहिरो पीडितप्रति दुःख व्यक्त गर्दै घरबारविहीन भएकालाई राहतस्वरूप १० लाख रुपियाँ उपलब्ध गराउने पनि जनाएको छ । गोरखापत्रबाट