Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

अर्जुनधारा नगरपालिकालाई साहराको सहयोग


समृद्ध अनलाईन ११ असार २०७८, शुक्रबार २०:१८ मा प्रकाशित ( महिना अघि) ७४७५ पाठक संख्या

अर्जुनधारा, असार ११ गते । प्रदेश १ कै उत्कृष्ट सहकारीको रुपमा परिचित सहारा नेपाल साकोसले अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरीकुमार रानामगरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

सहारा नेपालले पल्स अक्सिमिटर ८ थान , फेस मास्क १ हजार ५ सय थान , फेस सिल्ड १ सय २० थान , सेनिटाईजर , ग्लोभ , पिपिई लगाएतका अतिआवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।

सहारा नेपालका कार्यक्रम कोर्अडिनेटर किसन गौतम र सहारा नेपाल शनिश्चरे सेवा केन्द्रका शाखा प्रमुख दिपक ओलीले कोभिड १९ संक्रमण र महामारी नियन्त्रण तथा रोकथामको लागी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।