Advertisement
SKIP THIS
आज:  | Wed, 08, Dec, 2021
FLASH NEWS

२ लाख १० हजारको अवैध चिनी सहित ट्रक र चालक पक्राउ


समृद्ध अनलाईन १७ असार २०७८, बिहीबार २२:३२ मा प्रकाशित ( महिना अघि) १३६३६ पाठक संख्या

विराटनगर, असार १७ गते । तस्करी गरेर नेपाल ल्याइएको चिनीसहित ट्रक र चालक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रूपमा भारतबाट नेपाल ल्याएको चिनी सहित ट्रक र ट्रक चालक प्हरी नियन्त्रणमा परेका हुन् ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बखरीको टोलिले बिहीबार दिउँसो चिनी बोकेको ट्रकलाई नियन्त्रणमा लिएको थियो । विराटनगर–६ ब्रम्हापुरादेखि अवैध चिनी बोकेको को १ ख २१२९ नम्बरको मिनी ट्रकलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका एसपी तिर्थ पौडेलले जानकारी दिए । मिनी ट्रकका चालक सुनसरी देवनगन्ज गाउँपालिका – २ का २८ वर्षीय राजेश कुमार खत्वी पनि नियन्त्रणमा परेका छन् । उनले चिनी विराटनगरको भट्टीमोडसम्म पु¥याउने जिम्मा लिएको खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीले नियन्त्रणमा लिएको सवारी देवनगन्ज २ का विसनदेव मेहताको भएको प्रहरीले बताएको छ । प्रहरीले बरामद गरेको चिनी २ लाख १० हजार मूल्य बराबरको मूल्यांकन गरिएको छ । चिनी बिओपी बखरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।